१२ साउन २०८३, मंगलबार
निगमको निर्णय

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब लिटरको कति पर्छ ?

माघ १८, २०८१
काठमाडौं
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब लिटरको कति पर्छ ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।  आजै मध्यरातदेखि लागू हुनेगरी निगमले पेट्रोलको प्रतिलिटर २ तथा डिजेल र मट्टितेलको प्रतिलिटर ४ रुपैयाँ  बढाउने निर्णय गरेको हो। 

यस्तै निगमले हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फ  काठमाडौँका लागि प्रतिकिलोलिटर डलर ४३ बढाएको छ ।

इन्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएकाले आन्तरिक बजारमा पनि सोहीअनुसार समायोजन गरिएको निगमले शुक्रबार राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

नयाँ मूल्यअनुसार काठमाडौँमा पेट्रोलको मूल्य १६७ रुपैयाँ पुगेको छ भने डिजेल तथा मट्टितेलको १६० रुपैयाँ पुगेको छ।  

null
 

salt training

कमेन्ट गर्नुहोस्