०९ साउन २०८३, शनिबार
सहकारी ठगी प्रकरणको मुद्दा

चितवन जिल्ला अदालतले रवि लामिछानेसँग माग्यो ५४ लाख धरौटी

माघ २४, २०८१
काठमाडौं
चितवन जिल्ला अदालतले रवि लामिछानेसँग माग्यो ५४ लाख धरौटी

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग ५४ लाख रूपैयाँ धरौटी मागेको छ । 

बिहीबार भएको थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले रविसँग ५४ लाख रूपैयाँ धरौटी माग्ने आदेश गरेको हो । 

चितवनस्थित साहारा चितवन सहकारी ठगी मुद्दामा बिहीबार थुनछेक बहस सकिएको हो । यसअघि बुधबार थुनछेक बहस नसकिएपछि रविलाई न्यायिक हिरासत पठाइएको थियो । 

मुद्दामा सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ताहरू रवि न्यौपाने, शम्भुकुमार बस्नेत, दशरथ पंगेनी, भोलानाथ निरौला सहायक जिल्ला न्यायाधिवक्ताहरू बुद्धबहादुर थापा र अमृत सुवेदीले बहस गरेका थिए ।

यसैगरी, जाहेरवालाहरूका तर्फबाट वरिष्ठ अधिवक्ताहरू डा सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी र राजकुमार श्रेष्ठ, अधिवक्ताहरू गोपीलाल देवकोटा, रमेश काफ्ले, रामचन्द्र (आरसी) गौतम र सुनिता अधिकारीले बहस गरेका थिए । 

प्रतिवादीका तर्फबाट  वरिष्ठ अधिवक्ताहरू शुशिलकुमार पन्त, जगन्नाथ पौडेल, धर्मराज आचार्य र सुरेन्द्रबहादुर थापा तथा अधिवक्ताहरू रामचन्द्र देवकोटा र डा नारायणदत्त कँडेलले बहस गरेका थिए ।

यसअघि रवि सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा कास्कीबाट ६५ लाख, स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा रुपन्देही अदालतबाट १ करोड धरौटीमा छुटेका थिए ।

 

salt training

कमेन्ट गर्नुहोस्