![९ बिघा खेतमा लगाइएको गाँजा नष्ट [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/gaja1_final_J9dUGvK8zz.jpg)
बारा प्रहरीले जीतपुर सिमरा उपमहानपालिका–२२ स्थित टोकरी गाउँ, नयाँ बस्ती र निजगढ नगरपालिका–१२ र १३ का ९ बिघा खेतबारीमा लगाइएको गाँजा नष्ट गरेको छ ।

बिहीबार इलाका प्रहरी कार्यालय अमलेखगंज र इलाका प्रहरी कार्यालय निजगढले करिब एक लाख ८० हजार बोट गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

उनका अनुसार खेतबारीमा व्यावयासीयक हिसाबले नै गाँजा लगाएको थियो ।


