२३ असार २०८३, मंगलबार

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खुशिवु शाखा स्थानान्तरण

माघ २७, २०८१
काठमाडौं
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खुशिवु शाखा स्थानान्तरण

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले हाल अवस्थित रहेको खुशिवु शाखा कार्यालयलाई करिब ९० मिटर पश्चिममा स्थानान्तरण गरेको छ । 

काठमाडौं महानगरपालिका वडा नम्बर १७ खुशिवुमा रहेको शाखा कार्यालय २०८१ माघ २७ गते आइतबारदेखि सोही वडा भित्र करिब ९० मिटर पश्चिममा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।​

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले नयाँ स्थानमा रहेको शाखाको शुभारम्भ गरेका हुन् ।

यस शाखाबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा दिने उनले बताए । खुशिवु शाखाबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू शुरू भएको छ ।  

हाल बैंकले २८३ शाखा कार्यालय, ६५ वटा एक्स्टेन्सन काउन्टर, ६६ वटा शाखारहित बैंकिङ र २६६ वटा एटीएममार्फत सेवा दिँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्