३० असार २०८३, मंगलबार

गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

माघ २७, २०८१
काठमाडौं
गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​​​

सडक निर्माणमा लागत अनुमानअनुसार काम नगरी नक्कली बिल भरपाई बनाएर रकम हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

इन्जिनियर सरोज दाहाल, सव-इन्जिनियर नवीनकुमार बीसी, लेखा अधिकृत दिनेश दाहाल, लेखापाल राज कसेरा र योजना शाखा प्रमुख मदनप्रकाश मल्लविरुद्ध १० लाख २२ हजार ४१३ रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ ।

त्यसैगरी, उक्त गाउँपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष हिमबहादुर वली, उपभोक्ता समितिका अध्यक्ष गगनसिंह खत्री, सचिव गोविन्दबहादुर वली, कोषाध्यक्ष नन्दा राना र ठेकेदार हिक्मत वलीविरुद्ध पनि १० लाख २२ हजार ४१३ रुपैयाँ बिगो कायम गरिएको छ ।

त्यसैगरी अनुगमन समितिका संयोजक इन्द्रजीत बीसी, सदस्य हस्ता बीसी, सदस्य विजयबहादुर वलीलाई पनि प्रतिवादी कायम गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरले जानकारी दिएका छन् ।

सडक निर्माण योजनामा निर्माण व्यवसायीलाई जिम्मा दिने गरी योजना राखी उपभोक्ता समिति खडा गरी नक्कली कागजात बनाएर भुक्तानी गरिएको पाइएको आयोगको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्