२२ असार २०८३, सोमबार

मकुना हात्ती मृत्यु प्रकरण : कार्यदलले स्थलगत काम सक्यो

फागुन १, २०८१
चितवन
मकुना हात्ती मृत्यु प्रकरण : कार्यदलले स्थलगत काम सक्यो

चितवन राष्ट्रिय निकुञ्जको कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा जङ्गली हात्ती मकुनाको मृत्यु प्रकरणसम्बन्धी छानबिन गर्न बनेको कार्यदलले स्थलगत अध्ययन सकेको छ ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव डा बुद्धिसागर पौडेलको संयोजकत्वमा बनेको कार्यदलले तीन दिनदेखि थालेको स्थलगत अध्ययन सकेर बुधबार उक्त टोली काठमाडौं फर्किएको हो । 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार कार्यदलले चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना र सरोकार भएकासँगको छलफल गर्नुका साथै घटनास्थलको स्थलगत निरीक्षण एवं अनुगमन गरी पर्किएको हो । 

पौडेलको संयोजकत्वमा बनेको पाँच सदस्यीय कार्यदलले गत माघ २७ गतेदेखि काम शुरू गरेको थियो । उनीहरूले सौराहाका निजी हात्ती सञ्चालक, युनाइटेड हात्ती सहकारी संस्थाका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका प्रतिनिधिसँग छलफल गरे । 

छलफलका क्रममा सरोकार भएकाले कार्यादललाई निजी हात्ती एकीकृत गरी दिगो रूपमा व्यवस्थापन गर्न सहजीकरण गरिदिन आग्रह गरेका छन् । हात्ती पालकहरूले राज्यले निश्चित ठाउँ तोकिदिए व्यवस्थापनमा सहजीकरण गर्न आफूहरू तयार रहेको उल्लेख गरे । 

चितवन राष्ट्रिय निकुञ्जको लामिताल क्षेत्रमा यही माघ २३ गते मकुनालाई गोली हानी मारिएको विषयमा मन्त्रालयले बनाएको कार्यदलको सदस्यमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत पुरुषोत्तम शर्मा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रमुख सेनानी गजेन्द्र रावत, वन तथा भूसंरक्षण विभागका वन अधिकृत सबनम पाठक, चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा दिनेश शाहलगायत टोलीले स्थलगत अध्ययन तथा अवलोकन गरेको निकुञ्जका सूचना अधिकारी थापा मगरले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्