
चलचित्र 'यो मन त मेरो नेपाली हो' को प्रदर्शन मिति घोषणा गरिएको छ ।चलचित्रका निर्माता ज्ञान बहादुर प्रधान (रोशन) ले चलचित्र २०८२ सालको असार २७ गतेबाट प्रदर्शनमा आउने जानकारी दिएका हुन्। चलचित्रलाई आरआर फिल्मस् प्रा.लि.ले वितरण गर्नेछ ।
चलचित्रमा रोशन श्रेष्ठ, विजय बराल ,विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती,भुपेन्द्र लिङ्देन “मन्त्री”,सुबास भन्डारी,बिजय सुब्बा,बिजिता बर्देवा, देवराज राजबन्शी लगायतको अभिनय रहेको छ।
अमेरीकामा रहेका साहित्यकार नर प्रधान (मित्र) को निर्देशन तथा कथा रहेको चलचित्र ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् । चलचित्रले नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्न खोजेको छ।
चलचित्रमा दिपक शर्मा ,विकास चौधरी र तोरम्पा हाङ राईको संगीत ,सौरभ लामाको छायांकन ,बनिश शाहको सम्पादन , देव महर्जनको द्वन्द्व ,रेनिश फागोको कलरिस्ट , कविराज गहतराज र प्रमोद भण्डारी को कोरियोग्राफी रहेको छ।