०५ साउन २०८३, मंगलबार

जुम्लाको हिमामा स्वास्थ्य शिविर, एक हजार बढी लाभान्वित

फागुन ७, २०८१
जुम्ला
जुम्लाको हिमामा स्वास्थ्य शिविर, एक हजार बढी लाभान्वित

जुम्लाको हिमा गाउँपालिका–५ स्थित कालिकाखेतु प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित तीन दिने निःशुल्क स्वास्थ्य शिविरमा एक हजार २८ जनाले सेवा लिएका छन् । 

गाउँपालिकाको आयोजना र कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक तथा प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिए । 

यही फागुन ३ देखि ५ गतेसम्म सञ्चालित शिविरमा सात सय नौजना महिला र तीन सय १९ जना पुरुषले सेवा लिएको हिमा गाउँपालिका स्वास्थ्य शाखाका सहसंयोजक गोविन्द भण्डारीले बताए । 

स्त्री तथा प्रसूति, हाडजोर्नी, नाक कान घाँटी, रेडियोलोजी, मानसिक, छाला र बाल रोगलगायत अन्य सेवाका २१ जना विशेषज्ञ चिकित्सकले शिविरमा सेवा दिएका थिए । 

१० जनालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रेफर गरिएको छ । तीन दिने शिविर सम्पन्नपश्चात बाँकी औषधि तथा अन्य सामग्री प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको छ ।     

salt training

कमेन्ट गर्नुहोस्