०५ साउन २०८३, मंगलबार
प्रकृति लम्सालको मृत्यु प्रकरण

​उडिसाका मुख्यमन्त्रीलाई परराष्ट्रमन्त्रीको फोन, निष्पक्ष अनुसन्धान र दोषीलाई कारबाही गर्न माग

फागुन १०, २०८१
काठमाडौं
​उडिसाका मुख्यमन्त्रीलाई परराष्ट्रमन्त्रीको फोन, निष्पक्ष अनुसन्धान र दोषीलाई कारबाही गर्न माग

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले प्रकृति लम्सालको मृत्यु प्रकरणमा भारतको उडिसाका मुख्यमन्त्री मोहनचरण माझीसँग फोन वार्ता गरेकी छिन् ।

कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)मा अध्ययनरत नेपाली विद्यार्थी लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे उनले मुख्यमन्त्री माझीसँग फोन वार्ता गर्दै दोषीलाई कारबाही गर्न आग्रह गरेकी हुन् ।

साथै, घटनासँग सम्बन्धित शिक्षकमाथि गरिएको कारबाहीलाई अस्थायी नभई स्थायी रूपमा लागू गर्नुपर्ने माग पनि आफूले माग गरेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् । 

फोन वार्तामा उनले उडिसा सरकारसँग नेपाली विद्यार्थीको पठनपाठनको सुरक्षित वातावरण सुनिश्चित गर्न विशेष ध्यान दिन आग्रह गरिन् ।

फोन वार्तामा मुख्यमन्त्री माझीले उडिसा सरकारले घटनालाई गम्भीर रूपमा लिएको बताउँदै न्याय दिलाउन उच्चस्तरीय छानबिन समिति गठन गरिसकेको जानकारी दिएका मन्त्री राणाले बताएकी छिन् ।

साथै, उडिसा सरकारले नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन मुख्यमन्त्री माझीले दिएका छन् ।

परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास र उडिसा सरकार, केआईआईटी प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर समन्वयका साथ काम गरिरहेका छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्