२५ असार २०८३, बिहीबार

स्वास्थ्य बीमा कार्यक्रम हटाउने होइन, व्यवस्थित गर्ने हो- मन्त्री पौडेल

फागुन १२, २०८१
काठमाडौं
स्वास्थ्य बीमा कार्यक्रम हटाउने होइन, व्यवस्थित गर्ने हो- मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमामा देखिएका विकृति हटाउनेगरी काम भइरहेको र दुई चरणमा काम भइसकेको बताएका छन् ।

स्वास्थ्य बीमा कार्यक्रममा सुधारका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको र सोही आधारमा कार्य योजना निर्माण गरेर सुधारका काम अघि बढिरहेको बताएका छन् । 

सोमबार संसद् भवनबाट बाहिरिने क्रममा मन्त्री पौडेलले स्वास्थ्य बीमा ऐनमा कार्यक्रम प्रभावकारी बनाउन केही नीतिगत सुधार गरिएको र बाँकी कार्ययोजना अनुसारका काम कार्यान्वयनका लागि प्रयास भइरहेको बताए ।

केही दिनअघि एक कार्यक्रममा यही विषयमा विकृतिका उदाहरणसहित मन्त्री पौडेलले बोलेको अभिव्यक्तिमध्ये ‘यसरी सकिँदैन’ भन्ने क्लिप मात्र अहिले सञ्चारमाध्यममा भाइरल बनाएको उनको सचिवालयले जनाएको छ । पूरा भिडियो हेरेर मात्र धारणा बनाउन सचिवालयले आग्रह गरेको छ ।

मन्त्री पौडेलले बीमामा विकृति देखिएका कारण विनियोजित बजेटले खर्च नधान्ने अवस्था रहेकामा विकृति हटाउँदै नीतिगत सुधार गर्ने काम भइरहेको बताएको सचिवालयले उल्लेख गरेको छ ।

‘गलत अर्थ लगाउनेगरी भिडियो काटेर सामाजिक सञ्जालमा भाइरल बनाउन खोजिएको देखिन्छ’, सचिवालयले प्रेस नोटमा भनेको छ, ‘सोही आधारमा भ्रम सिर्जना गर्न खोजिएको देखियो ।’

salt training

कमेन्ट गर्नुहोस्