१२ असार २०८३, शुक्रबार

बीवाईडी हाई–टेक विक २०२५ घोषणा, यस्ता छन् इभेन्टका प्रमुख विशेषता

फागुन १२, २०८१
काठमाडौं
बीवाईडी हाई–टेक विक २०२५ घोषणा, यस्ता छन् इभेन्टका प्रमुख विशेषता

नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी हाई–टेक विक २०२५ गर्ने घोषणा गरेको छ  । 

इलेक्ट्रिक मोबिलिटी र अत्याधुनिक प्रविधिलाई मानिसहरूले कसरी अनुभव गर्छन् भन्ने कुरामा क्रान्तिकारी परिवर्तन ल्याउन यस प्रकारकै पहिलो इभेन्ट हुने कम्पनीको दाबी छ ।

द एभरेष्ट होटलमा यही फेब्रुअरी २७ देखि मार्च २ (फागुन १५ देखि १८)सम्म आयोजना हुने इभेन्ट न्यु इनर्जी भेइकल्स (एनईभिज) र सस्टेनेबल इनोभेसनसँग साक्षात्कार हुने एक महत्त्वपूर्ण अवसर हुने बताइएको छ ।
 
मोबिलिटीको भविष्य सम्बन्धी एक महत्त्वपूर्ण कदम

बीवाईडी हाई–टेक विक २०२५ एउटा प्रदर्शनी मात्र नभई एउटा ल्यान्डमार्क इभेन्ट हुनेछ, जसले ईभी टेक्नोलोजी, एआई इन्टिग्रेसन र न्यु इनर्जी सोलुसनलाई एउटै छानामुनि ल्याउने छ । 

शिक्षा दिने, संलग्नता बढाउने र प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ डिजाइन गरिएको सो इभेन्ट औद्योगिक व्यवसायी, ईभी प्रयोगकर्ता, प्रविधि उत्साही र सामान्य व्यक्ति सबैका लागि पुग्नैपर्ने स्थल हुने कम्पनीले बताएको छ । 
 
बीवाईडी हाई–टेक विक २०२५ को प्रमुख विशेषता :

  • हाई–टेक इन्टर्याक्टिभ जोन : बीवाईडीको ब्लेड ब्याट्री टेक्नोलोजी, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, ई–प्लेटफर्म ३.०, ड्युअल मोड अफरोड (डीएमओ), एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस), इन–कार एआई इनोभेसन लगायतका अत्याधुनिक प्रविधिको बारेमा जानकारी लिन ।
  • नेक्स्ट–जेन भेइकल शोकेस : पर्फमेन्स र सस्टेनेबिलिटीका लागि क्रान्तिकारी रूपमा अगाडि बढिरहेका बीवाईडीका पछिल्ला मोडल र आगामी दिनमा उपलब्ध हुने मोडलको प्रत्यक्ष अनुभव गर्न ।
  • लाइभ डेमो : स्मार्ट मोबिलिटीको भविष्यको झलक देखाउने गरी रियल–टाइम टेक्नोलोजी डेमोको प्रत्यक्ष अवलोकन गर्न मौका प्राप्त गर्न । 
  • एक्सपर्ट टक र प्यानल डिस्कसन : पछिल्लो ईभी ट्रेन्ड र एनईभी टेक्नोलोजीको भविष्य बारेमा यो उद्योगका नेतृत्वकर्ता, इन्जिनियर र सस्टेनेबिलिटी एड्भोकेटहरूबाट महत्त्वपूर्ण जानकारी लिन ।
  • विशेष प्रोडक्ट सार्वजनिक : अटोमोटिभ उद्योगको भविष्यलाई आकार दिने बीवाईडीका नयाँ एनईभी तथा आगामी दिनमा उपलब्ध हुने इनोभेसन अवलोकन गर्ने पहिलो अवलोकनकर्तामध्ये एक बन्न ।
  • पारिवारिक क्रियाकलाप : सबै उमेर समूहलाई उपयुक्त हुने प्रशस्तै क्रियाकलाप हुनेछन्, जसले परिवार मात्र नभई प्रविधिप्रति चासो राख्ने सबैका लागि रोमाञ्चक अनुभव प्रदान गर्नेछ । 

बीवाईडी हाई–टेक विक २०२५ ले जनचेतना प्रदान गर्ने, इनोभेसनलाई बढावा दिने र नेपालको मोबिलिटी भविष्यलाई अझै तीव्रता दिने लक्ष्य राखेको छ । अटोमोटिभ उत्साही, प्रविधि अन्वेषक र ग्रिन इनर्जी एड्भोकेट लगायत सबैका लागि सो इभेन्टले एक अनुपम अवसर प्रदान गर्नेछ, जहाँ मोबिलिटीको भविष्य वारेमा अध्ययन अन्वेषण गर्न सकिने छ । 

टिकट कसरी लिने ?
बीवाईडी हाई–टेक विक २०२५ का लागि टिकट ई–सेवामा उपलब्ध छ । विद्यार्थीलाई परिचय पत्रका आधारमा निःशुल्क प्रवेशको सुविधा उपलब्ध हुने बताइएको छ । 

नेपालको इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा भइरहेको क्रान्ति बारेमा हुन गइरहेको महत्त्वपूर्ण माइलस्टोनको एक हिस्सा बन्नका लागि आजै आफ्नो स्थान सुरक्षित गर्न कम्पनीले आह्वान गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्