![मेलम्चीको पाइप फुटेपछि सडकमा भ्वाङ, यस्तो छ थापाथली आसपासको अवस्था [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/thapathali_melamchi_13_DParDPtW9C.jpg)
काठमाडौंको थापाथली क्षेत्रमा मेलम्चीको पाइप फुटेको छ। मंगलबार बिहानै मेलम्चीको वितरण सञ्जालको पाइप फुटेको हो ।
थापाथली चोकबाट नर्भिक इन्टरनेशनल आउने सडकमा पाइपको लाइन फुटेको हो ।

पाइप फुटेपछि केहीबेर थापाथली क्षेत्र जलमग्न बनेको थियो । तर, अहिले फुटेको स्थानमा पानी वितरण बन्द गरिएको महानगरीय प्रहरी वृत सिंहदरबारले जनाएको छ ।

प्रहरीका अनुसार तर, पाइप फुटेपछि सडकसमेत अवरुद्ध भएको छ ।
यसअघि फागुन पहिलो साता मेलम्ची खानेपानीको पाइप फुट्दा काठमाडौंको बबरमहल क्षेत्र जलमग्न भएको थियो ।
गत मंसिरमा नयाँ बजार क्षेत्रमा मेलम्ची खानेपानीको पाइप फुटेको थियो ।








