०७ साउन २०८३, बिहीबार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

फागुन २०, २०८१
काठमाडौं
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढेको छ ।

आज सुनको मूल्य प्रतितोला रू एक हजार चार सय र चाँदी प्रतितोला रू २५ बढेको हो ।

सोमबार प्रतितोला रू एक लाख ६८ हजार एक सयमा कारोबार भएको सुन आज बढेर प्रतितोला रू एक लाख ६९ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी आज चाँदी प्रतितोला रू एक हजार नौ सय ४० मा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार आठ सय ९२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्