०७ असार २०८३, आइतबार

बुटवलमा ‘बिजनेस कस्टमर समिट’ गर्दै क्यान

फागुन २०, २०८१
बुटवल
बुटवलमा ‘बिजनेस कस्टमर समिट’ गर्दै क्यान

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) रुपन्देहीले यही फागुन अन्तिम साता ‘बिजनेस कस्टमर समिट’ गर्ने भएको छ । 

प्राविधिक क्षेत्रमा अध्ययन गरेका विद्यार्थी र नीति बनाउनेहरूलाई लक्षित गरेर फागुन २६ र २७ गते समिट गर्न लागिएको हो । 

मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा क्यान रुपन्देहीका अध्यक्ष जीवन अधिकारीले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ प्रविधिका बारेमा समिटमा जानकारी गराइने बताए ।

कार्यक्रम संयोजक वीरबहादुर क्षेत्रीले विगतमा क्यान इन्फोटेक गर्दै आएकोमा अहिले नयाँखालको कार्यक्रम ल्याइएको बताए । 

अवलोकनकर्तालाई निःशुल्क प्रवेश दिइने, विश्व बजारका प्रविधिका विषयमा जानकारी दिने मुख्य उद्देश्य रहेको उनको भनाइ छ । 

क्यान रुपन्देहीका सचिव सुरेशचन्द्र भट्टराईले ब्रान्डलक्षित कार्यक्रमलाई यो प्रदर्शनीमा ध्यान दिइएको बताए । आईटीमा चासो राख्नेलाई जतिसक्दो सहभागी गराउने लक्ष्य रहेको तर, यसमा आर्थिक कारोबारको कुनै लक्ष्य नरहेको उनले बताए । 

विद्यार्थी र स्थानीय सरकारका प्रमुख/उपप्रमुखहरूलाई कार्यक्रममा प्राथमिकता दिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्