२६ असार २०८३, शुक्रबार

कुमारी बैंक र क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्रबीच सम्झौता

फागुन २०, २०८१
काठमाडौं
कुमारी बैंक र क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्रबीच सम्झौता

कुमारी बैंक लिमिटेड र काठमाडौं टंगालमा रहेको क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्र (के. ल्याब)बीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । 

सम्झौताअनुसार ल्याबबाट प्रदान गरिँदै आएका सेवामा ग्राहकहरूले आन्तरिक ल्याब टेस्टमा २० र बाह्य ल्याब टेस्टमा  १० प्रतिशतसम्म छुट पाउनेछन् ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारीले अनवरतरूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आएको छ ।

यस्तै, देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्स्टेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ एकाइमार्फत बैंकले अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने प्रतिबद्धता बैंकको छ ।

salt training

कमेन्ट गर्नुहोस्