
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र मैथिली विकास कोषद्वारा संयुक्त रूपमा आयोजित मधेश प्रदेश प्रादेशिक ललितकला प्रदर्शनी–२०८१ मा जनकपुर–१६ का कलाकार विजय मण्डलद्वारा निर्मित माटोका परम्परागत मूर्ति । मूर्तिमा करिब चार दशकअघि यन्त्रको विकास नहुँदासम्म घरमा धान, गहुँ र दाल कुट्न तथा पिस्न प्रयोग हुने जाँतो चलाउँदै मिथिला पहिरनमा सजिएकी एक महिलाको चित्रण गरिएको छ। तस्वीर : अमरेन्द्रकुमार यादव/रासस