०५ साउन २०८३, मंगलबार

म्याक लुब्रिकेन्ट्सको महिला राइडर्स र्‍याली

फागुन २६, २०८१
काठमाडौं
म्याक लुब्रिकेन्ट्सको महिला राइडर्स र्‍याली

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा म्याक लुब्रिकेन्ट्सले ‘एक्सेलेरेट एक्सन : हर  डे , हर  वे’ शीर्षकमा महिला राइडर्सको भेटघाट र र्‍याली कार्यक्रमको आयोजना गरेको छ । 

कार्यक्रम सिप्रदी ट्रेडिङको थापाथली कार्यालयबाट आरम्भ भई ललितपुरको सातदोबाटोमा रहेको स्वीमिङ कम्प्लेक्समा पुगेर सम्पन्न भएको थियो । सिप्रदी ट्रेडिङ भारत पेट्रोलियमद्वारा उत्पादित म्याक लुब्रिकेन्ट्सको नेपालको लागि एक मात्र अधिकारिक बिक्रेता हो |

राइडर्स र्‍यालीको उद्घाटन सिप्रदी ट्रेडिङका सीईओ राजन बाबु श्रेष्ठ, सीओओ राजेश प्रसाद गिरी, उपाध्यक्ष सौरव राज थपलिया, ल्युब डिपार्टमेन्ट प्रमुख दिनेश केसी र भारत पेट्रोलियमका कन्ट्री हेड मिहिर ज्योति दत्ताद्वारा झण्डा फहराएर संयुक्त रूपमा गरेका थिए ।

र्‍यालीमा सुरक्षा केसी र वर्षा बस्नेत जस्ता लोकप्रिय इन्फ्लुन्सर तथा राइडर्स लगायत विभिन्न क्षेत्रका ऊर्जावान महिलाहरूको सहभागिता थियो। सहभागी राइडर्स र खेलका (र्‍याली कार्यक्रमको दौरान आयोजित) विजेताहरूलाई प्रमाणपत्र वितरण गरी र्‍यालीको समापन भएको थियो। 

यस कार्यक्रमको  मुख्य उद्देश्य विशेषत: युवा महिला राइडर्सलाई जीवनमा  अगाडि  बढ्न रोचक  ढंगले प्रेरणा दिई   फोरटी  स्कूटेक  एनएक्सटी र   फोरटी   एनएक्सटी  जस्ता म्याक ब्राण्डका उच्च गुणस्तरयुक्त उत्पादनबारे ग्राहक सचेतना बढाउनु रहेको कम्पनीले जनाएको छ । 

फोरटी स्कूटेक एनएक्सटीके कम घर्षणको साथ सहज एक्सेलेरेसन, कम इन्धन खपतजस्ता सुविधाको प्रत्याभूति गर्दछ । यसले इन्जिनलाई सफा राखी क्षयीकरणबाट पनि रक्षा गर्दछ।  

यसैगरी,  फोरटी एनएक्सटीले एयर-कुल्ड इन्जिनहरूलाई उच्च तापक्रममा सुरक्षित राखी गियर परिवर्तनको कार्यलाई सजिलो र छरितो बनाउन मदत गर्छ । यति मात्र नभई यस उत्पादनले क्लचको समस्यालाई निराकरण गरी  इन्जिनलाई  क्षयीकरणबाट जोगाउने कम्पनीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्