२९ असार २०८३, सोमबार

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष पाँडेद्वारा शपथ ग्रहण

फागुन २६, २०८१
काठमाडौं
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष पाँडेद्वारा शपथ ग्रहण

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले शपथ ग्रहण गरेका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष शपथ ग्रहण गरेका हुन् । 

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको गत मंगलबार बसेको सञ्चालक समितिको ६७ औं बैठकबाट पाँडे अध्यक्षमा चयन भएका हुन् । 

अध्यक्ष पाँडेले प्रचलित कानून तथा नियमानुसार सोमबार नेपाल राष्ट्र बैंकको एक कार्यक्रममा गभर्नर अधिकारीसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । 

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र तथा नेपाल राष्ट्र बैंकका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्