०४ साउन २०८३, सोमबार

भीरबाट लडेकाको उद्धार गर्न पुगेका आठ जना पनि उतै अड्किए

फागुन २६, २०८१
बाजुरा
भीरबाट लडेकाको उद्धार गर्न पुगेका आठ जना पनि उतै अड्किए
फाइल तस्वीर ।

बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाको भीरबाट लडेर मृत्यु भएकाको उद्धारका लागि गएका आठ जना पनि भीरमै अड्किएका छन्। तर, उनीहरूको प्रहरीले सकुशल उद्धार गरेको छ ।

आइतबार दिउँसो कर्णाली नदीमा माछा मार्न गएका र घर फर्कने क्रममा सोही गाउँपालिका–२ फयाल गाउँका स्थानीय पुसे भण्डारीको भीरबाट लडेर मृत्यु भएको थियो ।     
     
भीरबाट लडेका भण्डारीको उद्धारका लागि गएका सोही गाउँका आठ जना स्थानीयसहित सुरक्षाकर्मी रातभर भीरको फेदीमा रहेको कर्णाली नदीको किनारमा रोकिएकाको र र्‍याफ्टिङमार्फत् उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

भीरबाट लडेर मृत्यु भएका भण्डारीको उद्धारमा गएका स्थानीय र प्रहरीको सोमबार बिहान हिमाली गाउँपालिकाको धुलाचौरबाट र्‍याफ्टिङ ल्याएर सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देव चौधरीले जानकारी दिए ।

उनका अनुसार आइतबार राति भीरबाट लडेर एक जनाको मृत्यु भएको खबर आए पनि राति भइसकेको र भीरबाट शव ल्याएर फर्किन सकिने अवस्था नभएकाले उनीहरू घटनास्थलमै बास बसेको बताए । सोमबार कर्णाली नदीमा र्‍याफ्टिङको सहायताले सबैको सकुशल उद्धार गरिएको छ ।     
     
माछा मार्न गएका बेला भण्डारी हाँडे भीरबाट लडेका हुन् । कानूनी प्रक्रिया पूरा गरेर मृतकको शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्