
साताको कारोबारको लगातार तेस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ ।
साताका पहिलो कारोबारदेखि दोहोरो अंकले ओरालो झरिरहेको नेप्से मंगलबार ३२.२१ अंकले घटेर २७१९.२० को विन्दुमा कायम भएको हो ।
यसदिन बजारमा १ करोड ५५ लाख ५९ हजार ६८३ कित्ता सेयरको खरिदबिक्री हुँदा ८ अर्ब ३९ करोड ११ लाख ४९ हजार रूपैयाँको कारोबार भएको छ ।
अघिल्लो कारोबारका दिन सोमबार मात्रै २०.६८ अंकले घटेर २७५१.४२ को विन्दुमा बन्द भएको नेप्से आइतबार ४६.३३ अंकले घटेर २७७२.१० को विन्दुमा बन्द भएको थियो ।
मंगलबार समृद्ध लघुवित्त वित्तीय संस्था, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था र हिमालयन पावर पार्टनर लिमिटेडको सेयर मूल्यमा गिरावट आएको छ ।
कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स ५८ करोड ६५ लाख १७ हजार रूपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ ।