२० असार २०८३, शनिबार

मुक्तिनाथ विकास बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम

फागुन २७, २०८१
काठमाडौं
मुक्तिनाथ विकास बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम

‘साक्षर बनौं, सक्षम बनौं’ भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत फागुन महिनामा सातै प्रदेशका विभिन्न स्थानमा बृहत् वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम विषेशगरी कृषक, उद्यमी, महिला तथा युवालाई लक्षित गरी आयोजना भएको थियो । 

यस कार्यक्रम अन्तर्गत व्यावसायिक योजनाको तयारी, बजारीकरणको सम्भावना, बजार व्यवस्थापनका रणनीति, व्यक्तिगत बजेट, पारिवारिक बजेट, आम्दानी खर्चको सन्तुलन, नगद प्रवाह, बचत परिचालन, कर्जा परिचालन, बीमा, विप्रेषण, डिजिटल बैंकिङ सेवा, डिजिटल माध्यमबाट हुनसक्ने रकम अपचलन, ग्राहकको अधिकार लगायतका विषयवस्तु समेटिएको थियो ।

बृहत् वित्तीय साक्षरता कार्यक्रममा उपस्थित व्यक्तिहरूले यस्ता किसिमका कार्यक्रमले आफूमा भएका दुविधाहरू हट्ने र भविष्यमा आइपर्ने जोखिमलाई समयमा नै व्यवस्थापन गर्न सहजीकरण हुने बताए ।

null

बैंकले आर्थिक सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै यस किसिमका कार्यक्रम विगतमा पनि सञ्चालन गर्दै आएको र भविष्यमा पनि निरन्तरता दिइने जनाएको छ ।

यस किसिमको कार्यक्रमले जनमानसको बैंक वित्तीय संस्थाप्रतिको नकारात्मक धारण हट्ने र वास्तविक सूचना जनसमुदायमाझ पुग्ने भएकोले यसको सकारात्मक प्रभावकारिता रहेको बैंकले जनाएको छ । 

बैंकले हालै मोबाइल एक, फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याएको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा आदिजस्ता कार्य बैंकको शाखामा उपस्थित नभई घरबाटै गर्न सकिने व्यवस्था गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्