०२ साउन २०८३, शनिबार

ग्लोबल आईएमई बैंकद्वारा दशकौं पुराना नेपाली जीवनशैली झल्काउने तस्वीर समावेश भित्तेपात्रो सार्वजनिक

चैत ६, २०८१
काठमाडौं
ग्लोबल आईएमई बैंकद्वारा दशकौं पुराना नेपाली जीवनशैली झल्काउने तस्वीर समावेश भित्तेपात्रो सार्वजनिक

ग्लोबल आईएमई बैंक लिमिटेडले दशकौं पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीर समावेश नयाँ वर्ष २०८२ सालको क्यालेन्डर (भित्तेपात्रो) सार्वजनिक गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको कर्पोरेट कार्यालय, कमलादीमा आयोजित समारोहमा नयाँ वर्ष २०८२ को क्यालेन्डर सार्वजनिक गरेका हुन् । 

क्यालेन्डरमा दशकौं अघिका नेपाली जीवनशैली, रहनसहन र परम्परागत अभ्यासलाई कैद गरिएका दुर्लभ तस्वीर समावेश गरिएको छ । 

तस्वीरले समयको प्रवाहसँगै परिवर्तन भएका जीवनशैली र रहनसहनको स्मरण गराउँदै नयाँ पुस्तालाई विगतको जीवनशैली, रहनसहन तथा अवस्थाका बारेमा जानकारी गराउन सहयोग पुग्नेछ ।

क्यालेन्डर सार्वजनिक गर्दै अध्यक्ष ढकालले ग्लोबल आईएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्त्वलाई पूरा गर्दै विभिन्न सामाजिक कार्य गर्दै आएको जानकारी दिए । 

विगतका वर्षमा क्यालेन्डरमा नेपाली कला र संस्कृतिसम्बन्धी विषय प्रकाशन गर्ने गरेको स्मरण गराउँदै उनले भने, ‘नेपालको सर्वाङ्गिण विकासका लागि हामीले नेपाली कला, साहित्य, संस्कृति र सभ्यतालाई संरक्षण तथा प्रवर्द्धन गर्न आवश्यक छ । ग्लोबल आईएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदात्यित्व अन्तर्गत यस्ता कार्यलाई निरन्तरता दिँदै आएको छ ।’

कार्यक्रममा बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापनलगायत बैंकका कर्मचारी तथा विभिन्न व्यक्तिको उपस्थिति  थियो । ग्लोबल आईएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक हो । 

बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालयसहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

ग्लोबल आईएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधासहितका योजनामार्फत् आफ्ना ५० लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको जनाएको छ । 

त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्