३० असार २०८३, मंगलबार

विशेष अदालतको फैसलाविरुद्ध अख्तियाद्वारा सर्वोच्चमा पुनरावेदन

चैत ७, २०८१
काठमाडौं
विशेष अदालतको फैसलाविरुद्ध अख्तियाद्वारा सर्वोच्चमा पुनरावेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको चन्द्रपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सिग्देल र लेखा अधिकृत कीर्तिराज सुवेदीलाई विशेष अदालतले दिएको आंशिक सफाइको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

विशेष अदालतले अदालतले ठेक्का सम्झौतासम्बन्धी अनियमितता प्रकरणमा प्रमुख प्रशासकीय अधिकृत सिग्देल, लेखा अधिकृत सुवेदी र आशिक कन्स्ट्रक्सनका सञ्चालक राम विनोद राउत बरैलाई आरोप दाबी पुग्न नसक्ने ठहर गर्दै सफाइ दिएको थियो ।

विशेषले २०८१ वैशाख ३१ गतेको फैसलाबाट उनीहरूलाई आंशिक सफाइ दिएको भन्दै आयोगले बिहीबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।  

अख्तियारले ठेक्का सम्झौताको कार्यान्वयनमा आर्थिक अनियमितता भएको, तोकिएको समयसीमाभित्र राजस्व दाखिला नगरिएको र अवैध उत्खनन्‌का कारण नगरपालिकालाई राजस्व नोक्सानी पुर्‍याइएको ठहर गर्दै पुनरावेदन दायर गरेको जनाएको छ।

विशेष अदालतको फैसलामा नगरपालिकाले असुल्नुपर्ने रकममध्ये ७ लाख असुली भएको बाँकी रहेको १७ लाख ६८ हजार समेत असुल गर्न नगरपालिकाबाट कारबाही चलाएको देखिन आएकाले उनीहरूले आरोप दाबी बमोजिमको कसुर गरेको देखिन नआएको भन्दै आंशिक सफाइ दिएको थियो । 

तर, अख्तियारले ठेक्का सम्झौतामा तोकिएकोभन्दा बढी परिमाणमा नदीजन्य पदार्थ उत्खनन् गरिएको पुष्टि भएकाले राजस्व चुहावट प्रकरणमा सफाइ दिने फैसला त्रुटिपूर्ण भएको जनाएको छ।

 

salt training

कमेन्ट गर्नुहोस्