०२ साउन २०८३, शनिबार

ग्लोबल मनी वीक : ग्लोबल आईएमई बैंकले गर्‍यो सातै प्रदेशमा विद्यार्थी तथा युवा लक्षित कार्यक्रम

चैत ११, २०८१
काठमाडौं
ग्लोबल मनी वीक : ग्लोबल आईएमई बैंकले गर्‍यो सातै प्रदेशमा विद्यार्थी तथा युवा लक्षित कार्यक्रम

ग्लोबल आईएमई बैंक लिमिटेडले ग्लोबल मनी वीक २०२५ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

सप्ताहव्यापी रूपमा युवा तथा विद्यार्थी लक्षित वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरू सातवटै प्रदेशहरूमा सञ्चालन गरिएको बैंकले जनाएको छ।

बैंकले ग्लोबल मनी वीक २०२५ को अवसर पारेर देशव्यापी रूपमा आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा ६ हजारभन्दा बढी विद्यार्थी तथा युवाहरूको सहभागिता रहेको थियो । 

यसका साथै नेपाल राष्ट्र बैंक तथा अन्य संस्थाहरूले आयोजना गरेको कार्यक्रममा समेत बैंकका कर्मचारीहरू वित्तीय सचेतना अभिवृद्धि ब्यानरसहित सहभागी बनेका थिए ।

ग्लोबल आईएमई बैंकले आफ्ना ३५५ वटै शाखाहरूमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवर्द्धन कार्यक्रमहरू सञ्चालन गर्ने उद्देश्य राखेको छ । 

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरू, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।

ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूबाट फरक-फरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्स्टेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा  पनि दिँदै आएको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्