३२ असार २०८३, बिहीबार

सरकारले बनायो गभर्नर सिफारिस समिति

चैत ११, २०८१
काठमाडौं
सरकारले बनायो गभर्नर सिफारिस समिति

नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर छान्नका लागि सिफारिस समिति गठन गरिएको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समिति बनाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको हो । 

नेपाल राष्ट्र बैंक ऐनमा अर्थमन्त्रीको अध्यक्षतामा गभर्नर सिफारिस समिति गठन हुने व्यवस्था छ । 

मन्त्रिपरिषद् बैठकले सिफारिस समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र विश्व पौडेललाई सदस्यका रूपमा चयन गरेको छ । 

समितिमा पूर्वगभर्नरमध्येबाट एक, आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानूनको क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिमध्येबाट सरकारले तोकेको एक जना व्यक्ति सदस्य रहने व्यवस्था छ ।

समितिले नयाँ गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नेछ । सिफारिस गरिएका तीन जनामा डेपुटी गभर्नरमध्ये एक जना हुनैपर्ने व्यवस्था छ । 

अहिलेका गभर्नर महाप्रसाद अधिकारी यही चैत २४ गतेदेखि अवकाशमा जाँदैछन् ।

salt training

कमेन्ट गर्नुहोस्