![काठमाडौंको हावा अति अस्वस्थकर, तुवालोले ढाकियो शहर [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/air_pollution_kathmandu_13_4f4fzIkBIg.jpg)
काठमाडौं उपत्यकामा उच्च वायु प्रदूषण भएको छ । काठमाडौंको वायु निकै अस्वस्थकरको तहमा पुगेको हो ।

काठमाडौं प्रदूषित शहरको सूचीमा बुधबार बिहान विश्वमै दोस्रो नम्बरमा छ । काठमाडौंभन्दा धेरै प्रदूषित हावा भारतको दिल्लीमा छ ।
आइक्यूएयरको तथ्यांक अनुसार आज बिहान काठमाडौंको औसत एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २६८ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ ।
पहिलो स्थानमा रहेका दिल्लीमा बिहान ३९५ प्रतिघण्टा २६१ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ ।

प्रदूषणले काठमाडौंको आकाश तुवालोले ढाकेको छ । तुवालोका कारण काठमाडौंमा घाम देखिएको छैन ।

जबकि १०१ देखि १५० लाई नै संवेशनशील समूहका लागि अस्वस्थ मानिन्छ । १५१ देखि २०० सम्मलाई अस्वस्थ, २०१ देखि ३०० सम्मलाई निकै अस्वस्थ र ३०१ भन्दा माथि मापन भए खतरनाक तह पुगेको मानिन्छ ।









