२६ जेठ २०८३, मंगलबार

मौसमको चुनौती छिचोल्दै गोकर्णेश्वरमा गुञ्जियो नेपथ्य

चैत ३१, २०८१
काठमाडौं
मौसमको चुनौती छिचोल्दै गोकर्णेश्वरमा गुञ्जियो नेपथ्य

पश्चिमी भेगमा शुरू भएको वर्षालाई हावाहुरीले बगाउँदै ल्याइदिएपछि शनिबार सबेरैदेखि काठमाडौं उपत्यका एकाएक अँध्यारो बन्न पुग्यो । त्यसपछिको लगातार झरीले खुला आकाशमुनि तयार पारिएको नेपथ्यको मञ्च र त्यहाँ भित्रका विद्युतीय संयन्त्रलाई जोगाउने चुनौती थपियो । 

अब, साँझको कन्सर्ट के होला ? यो चिन्ता र चासोकैबीच बेलुकीको ओभानोमा गोकर्णेश्वर कन्सर्ट निर्धारित समयमै शुरू भएर भव्य रूपमा सम्पन्न भयो । 

अस्ट्रेलियाको एक महिना लामो यात्रा सकेर हालै फर्केको नेपथ्य यसरी मौसमी प्रतिकूलताकैबीच पनि स्वदेशका दर्शकमाझ उत्तिकै बलियो उपस्थिति दर्शाउन सफल भएको छ ।

ब्याण्ड मञ्चमा उभिनासाथ ‘कोशीको पानी’बाट शुरू भएको गीतहरूको क्रम त्यसपछि लगातार मध्यम र धिमा गतिका लोकरक सिर्जनाबाट अघि बढ्दै गयो ।

null

‘नेपथ्य मेरो सिंगै पुस्ताको प्रतिनिधित्व गर्ने ब्याण्ड हो’, दर्शकमध्ये चर्चित उपन्यासकार सुविन भट्टराईको प्रतिक्रिया थियो, ‘यसका गीतहरू सुनिरहँदा म आफ्नो युवा र किशोरकालमा पुगेको महसुस गर्छु । नेपथ्यको बारेमा लेखिएको पुस्तक पढिसकेर पनि होला कन्सर्टले तानेको ।’

ब्याण्डको बाह्रौं प्रस्तुति ‘गाउँ गाउँबाट उठ’देखि भने कार्यक्रम तीब्र गतिका गीतहरूमा प्रवेश गर्‍यो । ‘यसरी हजारौं दर्शक, श्रोताहरूका बीचमा उभिएर नाच्दै, चिच्याउँदै कन्सर्टको मज्जा लिँदा बेग्लै रमाइलो हुँदोरहेछ’, यसअघि बन्द कोठा भित्र बजेका नेपथ्य गीतहरू मात्र सुनेको अनुभव बोकेका र पहिलोपटक सपरिवार कन्सर्टमा उपस्थित भएका उपन्यासकार भट्टराईको भनाइ थियो, ‘नभएको ऊर्जा पनि आफूमा सञ्चार भएको महसुस गरेँ ।’

कन्सर्टमा मुख्य गायक अमृत गुरुङले सँधैजस्तै नेपालको सुन्दरताको बयान गर्दै स्वदेशको भ्रमण गर्न दर्शकहरूलाई प्रोत्साहित गरेका थिए। त्यसक्रममा उनले आफ्ना गीतहरू यात्राकै क्रममा संकलन गरिएको जानकारी पनि दिएका थिए ।

null

‘बिहानैदेखि झरीले गर्दा यत्रो ठूलो आयोजना अब के होला भनेर एकछिन आत्तिएका थियौं’, स्थानीय आयोजक संस्था ग्राउण्ड अफ इभेन्ट्स्‌का श्याम श्रेष्ठ भन्छन्, ‘तर, नेपथ्यसँगको हाम्रो पहिलो सहकार्य चिताएको भन्दा पनि भव्य प्रस्तुती र उपस्थितिका साथ सम्पन्न भएको छ ।’

कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्ड दिनेशराज रेग्मीले सघाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्