२६ जेठ २०८३, मंगलबार

बिहे हुन नसकेको गुनासो गर्दै मधु र सागर

बैशाख २, २०८२
काठमाडौं
बिहे हुन नसकेको गुनासो गर्दै मधु र सागर

कलाकार मधु केसी र सागर बिसीको स्वरमा रहेको गीत ‘सनाई ढोलाकी’ सार्वजनिक भएको छ । विवाहको मौसमको छेको पारेर ल्याइएको गीतमा वैवाहिक माहोलको चर्चा परिचर्चालाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ । 

गीतमा अरूको बिहे भइरहँदा आफ्नो बिहे विभिन्न कारणले हुन नसकेको विषयलाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ । गीतमा भिडियो पनि बिहेको माहौलमा आफ्नो बिहे हुन नसकेको गुनासो पोखिए पनि दोहोरी बाजामार्फत रमाइलोपन वातावरण झल्काइएको छ । 

शिव हमालको शब्द रहेको गीतमा सीमा थापाको संगीत रहेको छ । 

यस्तै सुनिल परियार म्युजिक एरेन्जर, विमल छिनाल रेकडिस्ट रहेको गीतको भिडियो दीप गुरुङले निर्देशन गरेका हुन् । यस्तै गीतमा मनोज गुरुङ, सञ्चिता बोलाखो लुइँटेल, सीमा थापा र उमिश उपरकोटीको अभिनय रहेको छ । 

गीत सागर बिसी युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्