२९ जेठ २०८३, शुक्रबार
अन्योलमा परीक्षा

कक्षा १२ को परीक्षा के गर्ने ?, मंगलबार बस्दैछ बोर्ड बैठक

बैशाख ९, २०८२
काठमाडौं
कक्षा १२ को परीक्षा के गर्ने ?, मंगलबार बस्दैछ बोर्ड बैठक

यही वैशाख ११ गतेदेखि सञ्चालन हुने भनिएको कक्षा १२ को वार्षिक परीक्षाका सम्बन्धनमा अलमल भएको छ ।

देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा परिचालित भएकाले परीक्षा निर्धारित समयमै हुने/नहुने अन्योल छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार ११  गतेदेखि नै परीक्षा सञ्चालन गर्न अब गाह्रो छ । उसो भए वैशाख ११ देखि तोकिएको परीक्षा के गर्ने त ? यसबारे निर्णय गर्न मंगलबार बोर्ड बैठक बस्दैछ । 

बोर्डका अध्यक्ष डा.महाश्रम शर्माका अनुसार मंगलबारको बैठकले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्नेछ । बोर्ड यसअघि यही वैशाख ११ देखि २४ गतेसम्म सञ्चालन गर्नेगरी परीक्षा तालिका सार्वजनिक गरेको थियो । परीक्षाको वातावरण मिलाउन शिक्षकहरूलाई अपिल पनि गरेको थियो । तर, शिक्षकहरू विद्यालय फर्किएका छैनन् । सरकारसँग ठोस सहमति भएको छैन ।

सोमबार शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि यो विषय झन् पेचिलो बनेको छ । शैक्षिक सुधार र शिक्षकहरूको आन्दोलन सम्बोधनका लागि अहोरात्र खटिइरहेकी मन्त्रीको राजीनामा आन्दोलनरत शिक्षकहरूलाई समेत सशंकित बनाएको छ । 

शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेर शैक्षिक हड्ताल गरेर शिक्षकहरू आन्दोलनमा भएका कारण परीक्षा सञ्चालन लगायतका शैक्षिक गतिविधिमा असर परेको छ । 

उनीहरूले शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने र १८ किसिमका शिक्षकहरूलाई एकद्वार गर्नुपर्ने लगायत माग राखेर काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्