०५ साउन २०८३, मंगलबार

नेप्सेको ओरालो यात्रा कायमै, बुधबार ३२ अंकले घट्यो

बैशाख १०, २०८२
काठमाडौं
नेप्सेको ओरालो यात्रा कायमै, बुधबार ३२ अंकले घट्यो

साताको पहिलो कारोबारका दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से) दोहोरो अङ्कले घटेको छ ।

बुधवार नेप्से परिसूचक ३२.३८ अङ्कले घटेर २६४४.९४ विन्दुमा कायम भएको हो ।

यस दिन बजारमा १ करोड ८४ लाख ७७ हजार ७०३ कित्ता शेयरको  खरिद बिक्री हुँदा ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिन मंगलबार परिसूचक ९.९६ अङ्कले घटेर २६८८.३२ को विन्दुमा बन्द भएको थियो ।

त्यसअघिको कारोबारका दिन सोमबार ७.७ अंकले र आइतबार १६.६८ अंकले शेयर बजारमा गिरावट आएको थियो । 

आजको कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैङ्क, मकर जितुमाया सुरी हाइड्रोपावर, सानिमा माई हाइड्रोपावर र सिन्धु विकास बैङ्कका लगानीकर्ताहरू सर्वाधिक घाटामा रहे ।

बुधबार बजार पुँजीकरण ४४ खर्ब १६ अर्ब रुपैयाँ बढी रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्