०५ साउन २०८३, मंगलबार

निःशुल्क एकदिने आँखा शिविर आयोजना गर्दै लायन्स क्लब अफ काठमाडौं

बैशाख १०, २०८२
काठमाडौं
निःशुल्क एकदिने आँखा शिविर आयोजना गर्दै लायन्स क्लब अफ काठमाडौं
फाइल तस्वीर

लायन्स क्लब अफ काठमाडौं बबरमहलले सिंगापुर र भारतमा रहेका लायन्स क्लबहरूसँगको संयुक्त सहकार्यमा तिलगंगा आँखा अस्पतालको समन्वयमा काठमाडौंस्थित मानव सेवा आश्रममा एकदिने निःशुल्क आँखा शिविर आयोजना गर्ने भएको छ ।

यो शिविर २०८२ बैशाख ११ गते बिहीबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ ।

मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूको आँखा जाँच गरिने यो शिविरमा चिकित्सकको सल्लाहअनुसार आवश्यक पर्ने चस्माहरू निःशुल्क वितरण गरिनेछ ।

साथै, आँखासम्बन्धी अन्य आवश्यक उपचार पनि निःशुल्क प्रदान गरिने लायन्स क्लब अफ काठमाडौं बबरमहलले जनाएको छ ।

यो सेवामूलक कार्यले आश्रममा रहेका बेसहारा र असहाय व्यक्तिहरूको स्वास्थ्य सुधारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

लायन्स क्लब अफ काठमाडौं बबरमहलका प्रतिनिधि लायन तारा प्रसाद मैनालीले यो शिविरले सामाजिक सेवाप्रति क्लबको प्रतिबद्धतालाई झल्काउने बताए ।

उनले भने, 'हामीले मानव सेवा आश्रममा रहेका व्यक्तिहरूको आँखा स्वास्थ्यलाई प्राथमिकता दिँदै यो शिविर आयोजना गरेका छौं । तिलगंगा आँखा अस्पतालको विशेषज्ञ टोली र अन्तर्राष्ट्रिय लायन्स क्लबहरूको सहयोगमा यो कार्यक्रम प्रभावकारी हुने विश्वास छ ।'

यो शिविरमा सहभागी हुन र निःशुल्क आँखा जाँच तथा उपचार सेवा लिन मानव सेवा आश्रममा रहेका व्यक्तिहरूलाई आह्वान गरिएको छ ।

आयोजकले यो सेवामूलक कार्यलाई सफल बनाउन सबैको सहयोग र सहभागिताको अपेक्षा गरेको छ । थप जानकारीका लागि लायन तारा प्रसाद मैनाली (९८४१३९५९८०) लाई सम्पर्क गर्न सकिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्