०८ असार २०८३, सोमबार

झिनो अङ्कले बढ्यो नेप्से, १० अर्ब बढीको कारोबार

बैशाख १४, २०८२
काठमाडौं
झिनो अङ्कले बढ्यो नेप्से, १० अर्ब बढीको कारोबार

साताको पहिलो कारोबारका दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से) झिनो अङ्कले बढेको छ ।

आइतबार नेप्से परिसूचक ३.५८ अङ्कले बढेर २६६१.६० को विन्दुमा कायम भएको हो ।

यस दिन बजारमा २ करोड ८४ लाख ३८ हजार ४२८ कित्ता शेयरको खरिदबिक्री हुँदा १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ । 

गत साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक २.०८ अङ्कले बढेर बन्द भएको थियो । 

झिनो अङ्कले बढेको बजारमा विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।

आइतबार बजार पुँजीकरण ४४ खर्ब २५ अर्ब बढी रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्