२८ जेठ २०८३, बिहीबार

आईएफसी, बीआईआई र मेटलाइफसँग एनएमबि बैंकको साझेदारी

बैशाख १६, २०८२
काठमाडौं
आईएफसी, बीआईआई र मेटलाइफसँग एनएमबि बैंकको साझेदारी

एनएमबि बैंकद्वारा अन्तर्राष्ट्रिय निकायहरू आईएफसी, बीआईआई र मेटलाइफसँगको साझेदारीमा नेपालमै पहिलो पटक अमेरिकी डलर ६ करोड बराबरको नेपाली रूपैयाँ अंकित हरित बन्ड (ग्रीन बन्ड) जारी गर्ने उद्देश्यका साथ साझेदारी पत्रमा हस्ताक्षर भएको छ ।

यस सहकार्यले जलवायु परियोजनाहरूमा संलग्न उद्यमहरूमा लगानी विस्तार गरी प्रत्यक्ष तथा अप्रत्यक्ष  रूपमा गुणस्तरीय रोजगारी सिर्जना हुने लक्ष्य समेत लिइएको छ । त्यसैगरी, यसले देशको ऊर्जा क्षेत्रको विकासमा थप टेवा पुग्ने बैंकको विश्वास रहेको छ ।

यस बन्ड जारी गरी प्राप्त हुने रकम विशेषतः सौर्य ऊर्जा लगायतका नवीकरणीय ऊर्जा, विद्युतीय सवारी, हरित भवन तथा वायोमास जस्ता परियोजनामा लगानी विस्तार गर्ने लक्ष्य लिएको छ ।

null

उक्त समझदारीपत्र हस्ताक्षर समारोहमा बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलले आफ्नो मन्तव्य राख्दै यस प्रयासमार्फत नवीकरणीय ऊर्जा लगायतका क्षेत्रमा एक पारिवर्तनकारी फड्को मारिने विश्वास व्यक्त गरे । 

साथै, उनले एनएमबि बैंकको यस पहलले विदेशी पूँजीलाई स्वदेशमा भित्र्याई जलवायु क्षेत्रमा लगानी गर्दै उक्त क्षेत्रमा परेको पर्यावरणीय प्रभावलाई न्यूनीकरण गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्