
कास्कीको ओखलढुङ्गा घाटस्थित सेती नदीमा डुबेर १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका- १४ मझेरीपाटन बस्ने बाग्लुङ घर भएका १८ वर्षीय युवराज विक छन् ।
उनको सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । घटनाबारे जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजार समेतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।