रूपन्देहीको बुटवल उपमहानगरपालिका-११ न्यू दुर्गा नगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
बिहीबार दिउँसो भएको घटनामा ३० वर्षीय दीपक सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही ठाउँस्थित कुलोमा विद्युतीय मोटर लगाई पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।