
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
मंगलबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा राईविरुद्ध पूर अभियोगपत्र दायर गरेको हो । पूरक मुद्दा दायर गरिएका प्रतिवादीबाट ३७ लाख ३५ हजार ८४३ रूपैयाँ क्षतिपूर्ति भराउन मागदाबी गरिएको छ ।
यही प्रकरणमा यसअघि एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० बिगो कायम गरेर मुद्दा दर्ता भइसकेको छ ।
यो प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उनी गोर्खा मिडियामा आबद्ध हुँदाका साझेदार गितेन्द्रबाबु राई (जीबी) लगायतविरुद्ध भने यसअघि नै मुद्दा दायर भइसकेको छ । लामिछाने काठमाडौं जिल्ला अदालतको आदेशले ६० लाख रूपैयाँ धरौटी बुझाएर मुद्दाको पुर्पक्ष गरिरहेका छन् ।

उनी २०७३ कात्तिक ६ गतेदेखि २०७४ मंसिर ४ गतेसम्म उक्त सहकारीकी सदस्य रहेको अनुसन्धानबाट खुलेको छ । त्यस समयमा ८९ लाख ३४ हजार ४५५ रूपैयाँ अपचलन भएको मिसिलमा उल्लेख छ ।
त्यसपछि उनी २०७४ मंसिर ८ गतेदेखि २०७६ भदौ २१ गतेसम्म यो सहकारीको सचिव भएकी थिइन् । त्यस अवधिमा कार्यसमितिको नाममा भएको
एक करोड ४२ लाख १० हजार ४३३ रूपैयाँ अपचलन भएको उल्लेख छ ।
भोजपुरकी राई कांग्रेसकी समानुपातिक सांसद हुन् । उनलाई प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैशाख १३ गते बूढानीलकण्ठबाट पक्राउ गरेको थियो ।

हेर्नुहोस् पूरक अभियोगपत्र :