३० असार २०८३, मंगलबार
सहकारी ठगी प्रकरण

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा कांग्रेस सांसद राईविरुद्ध पूरक मुद्दा

बैशाख ३०, २०८२
काठमाडौं
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा कांग्रेस सांसद राईविरुद्ध पूरक मुद्दा

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

मंगलबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा राईविरुद्ध पूर अभियोगपत्र दायर गरेको हो । पूरक मुद्दा दायर गरिएका प्रतिवादीबाट ३७ लाख ३५ हजार ८४३ रूपैयाँ क्षतिपूर्ति भराउन मागदाबी गरिएको छ ।

यही प्रकरणमा यसअघि एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० बिगो कायम गरेर मुद्दा दर्ता भइसकेको छ । 

यो प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उनी गोर्खा मिडियामा आबद्ध हुँदाका साझेदार गितेन्द्रबाबु राई (जीबी) लगायतविरुद्ध भने यसअघि नै मुद्दा दायर भइसकेको छ । लामिछाने काठमाडौं जिल्ला अदालतको आदेशले ६० लाख रूपैयाँ धरौटी बुझाएर मुद्दाको पुर्पक्ष गरिरहेका छन् ।

अभियोगपत्रको अंश

उनी २०७३ कात्तिक ६ गतेदेखि २०७४ मंसिर ४ गतेसम्म उक्त सहकारीकी सदस्य रहेको अनुसन्धानबाट खुलेको छ । त्यस समयमा ८९ लाख ३४ हजार ४५५ रूपैयाँ अपचलन भएको मिसिलमा उल्लेख छ । 

त्यसपछि उनी २०७४ मंसिर ८ गतेदेखि २०७६ भदौ २१ गतेसम्म यो सहकारीको सचिव भएकी थिइन् । त्यस अवधिमा कार्यसमितिको नाममा भएको

एक करोड ४२ लाख १० हजार ४३३ रूपैयाँ अपचलन भएको उल्लेख छ । 

भोजपुरकी राई कांग्रेसकी समानुपातिक सांसद हुन् । उनलाई प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैशाख १३ गते बूढानीलकण्ठबाट पक्राउ गरेको थियो । 

अभियोगपत्रमा समावेश कागजात

हेर्नुहोस् पूरक अभियोगपत्र :

salt training

कमेन्ट गर्नुहोस्