
महालेखापरीक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेललाई वार्षिक प्रतिवेदन बुझाएको छ ।
महालेखापरीक्षक तोयम रायले बुधबार राष्ट्रपति पौडेलसमक्ष कार्यालयको ६२ औं वार्षिक प्रतिवेदन पेस गरेको हो ।
नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८०/०८१ राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको प्रतिवेदन पेस भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।