२४ असार २०८३, बुधबार

जलविद्युत् आयोजनाबाट ४३ करोड २२ लाख रुपैयाँ असुल गर्न बाँकी

बैशाख ३१, २०८२
काठमाडौं
जलविद्युत् आयोजनाबाट ४३ करोड २२ लाख रुपैयाँ असुल गर्न बाँकी
फाइल फोटो

विभिन्न जलविद्युत् आयोजनाबाट ४३ करोड २२ लाख ५६ हजार रुपैयाँ असुल उपर गर्न बाँकी रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा उक्त कुरा उल्लेख छ ।

विद्युत् ऐन, २०४९ को दफा ११ मा जलविद्युत् आयोजनाले नेपाल सरकारलाई रोयल्टी बुझाउनुपर्ने व्यवस्था छ ।

‘विद्युत् विकास विभागको अभिलेखअनुसार विभिन्न जलविद्युत् आयोजनाबाट २०७९/८० सम्म २८ करोड ६९ लाख ९५ हजार र आर्थिक वर्ष २०८०/०८१ मा १६१ जलविद्युत् कम्पनीबाट ३ अर्ब ५८ करोड ९७ लाख ७ हजारसमेत कुल रोयल्टी ३ अर्ब ८७ करोड ६७ लाख २ हजारमध्ये ३ अर्ब ४४ करोड ४४ लाख ४६ हजार रुपैयाँ असुल गरी ४३ करोड २२ लाख ५६ हजार रुपैयाँ असुल गर्न बाँकी रहेको देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ ।

आयोजनाले तिर्नुपर्ने रोयल्टी समयमा प्राप्त नभएकोमा ब्याज तथा जरिवाना समेत लिने गरिएको छैन । ‘रोयल्टी बक्यौताको ब्याज तथा हर्जाना सम्बन्धमा कानूनी व्यवस्था गरी रोयल्टी रकम असुल गर्नुपर्दछ,’ प्रतिवेदनमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्