२७ असार २०८३, शनिबार

भाखा नाघ्दा पनि असुल भएन स्वरोजगार कोषको १ अर्ब २२ करोड बढी रकम

बैशाख ३१, २०८२
काठमाडौं
भाखा नाघ्दा पनि असुल भएन स्वरोजगार कोषको १ अर्ब २२ करोड बढी रकम

युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत् लगानी भएको १ अर्ब २२ करोड रूपैयाँभन्दा बढी रकम भाखा नाघ्दा पनि असुल नभएको पाइएको छ । 

बुधबार महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदनले कोषबाट भएको १ अर्ब २२ करोड ६७ लाख ९८ हजारको लगानीको भाखा नाघेपछि असुल गर्नुपर्ने देखाएको हो । 

प्रतिवेदनले १ हजार २३९ सहकारी संस्थाबाट २०८१ असार मसान्तसम्म १ अर्ब ६ करोड ८५ लाख ९१ हजार साँवा तथा सोमा लाग्ने ब्याज १२ करोड ८१ लाख १९ हजार र हर्जाना ३ करोड ८८ हजारसमेत कूल  १ अर्ब २२ करोड ६७ लाख ९८ हजार असुल गर्नुपर्ने देखाएको छ । 

त्यसैगरी १५ बैंक तथा वित्तीय संस्थाबाट लिनुपर्ने साँवा ३१ करोड ५३ लाख ३३ हजार बाँकी रहेकोमा ब्याज तथा हर्जानाको गणना गरी अभिलेख नै नराखेको प्रतिवेदनले खुलाएको छ । प्रतिवेदनले सम्झौताअनुसार हिसाब यकिन गरी साँवा, ब्याज तथा हर्जाना रकम असुल गर्न भनेको छ । 

युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सञ्चालन) नियमावली, २०७७ को नियम १६ मा कर्जा लगानी गर्ने व्यवस्थाअनुसार कोषमार्फत् लगानी भएको रकम तोकिएको तालिकाअनुसार नबुझाउने तथा रकम दुरुपयोग गर्ने ऋणीलाई थप २ प्रतिशत ब्याज लाग्ने उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्