१० साउन २०८३, आइतबार

दीपक बोहरा पैसा छर्दैछन् तर मतदातले मलार्इ भोट दिन्छन्–घनश्याम भुसाल [भिडियो अन्तर्वार्ता]

यो क्षेत्रमा धेरै गरेको छु, जित्ने मैले हो : बोहरा
दीपक बोहरा पैसा छर्दैछन् तर मतदातले मलार्इ भोट दिन्छन्–घनश्याम भुसाल [भिडियो अन्तर्वार्ता]

भैरहवा, १७ मंसिर– रुपन्देहीको क्षेत्र नम्बर तीनमा वाम गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका नेता घनश्याम भुसालले आफ्ना प्रतिस्पर्धीले चुनाव जित्न पैसा बाँडिरहेको आरोप लगाएका छन् । 

भुसालले आफूसँग प्रतिस्पर्धा गरिरहेका राप्रपाका नेता दिपक बोहोराले मतदाता प्रभावित गर्न पैसा बाँडिरहेको आरोप लगाएका हुन् ।

‘पोल बाँड्ने काम समेत भएको थियो, त्यो त अहिले रोकिएको छ,’ भुसालले भने, ‘तर अहिले पैसा बाँड्ने काम भइरहेको छ भनेर मैलै सूचना पाएको छु ।’ 

उनले आफूले चुनाव जित्ने बलियो आधार रहेपनि बोहोराले गैह्र राजनीतिक गतिविधि सञ्चालन गरिरहेको आरोप लगाए । 

‘कांग्रेसले मैदान छोडेको अवस्थामा अहिले हामीले सजिलै चुनाव जित्ने अवस्था रहेको छ,’ भुसालले लोकान्तरसँग भने, ‘मेरा प्रतिस्पर्धी मण्डले समूहका हुन् । उहाँले लोकतन्त्रको विउ मास्नका लागि हिँजो विहान हरेक प्रकारका गतिविधि गर्नुभएको हो ।’ तर २१ औं शताब्दिका मतदाताले ४२ सालको मानसिकतामा पैसा बाँड्ने नेता भोट दिँदैनन् भन्ने विश्वास आफूमा रहेको भुसालले बताए । 

उनले आजको दिनमा पैसाले मतदाता किन्न सक्ने अवस्था नरहेकोले आफूले सहजै चुनाव जित्ने बताए । स्थानीय चुनावमा पाएको मतका आधारमा एमाले एक्लै पनि अरु भन्दा अघि रहेको र अहिले माओवादीसँग पनि सहकार्य भएकोले आफूले चुनाव जित्ने उनले दाबी गरे । 

भुसालले चुनाव जितेसँगै आफूले राष्ट्रिय एकताको सुदृढिकरण, सम्बृद्ध मुलक र स्थानीय स्तरमा भौतिक विकास तथा मानविय विकासका लागि काम गर्ने बताए । लुम्बिनीलाई अवसरको रुपमा लिएर सोही अनुरुप विकास गर्ने समेत उनले बताए ।

दीपक बोहराको आफ्नै दाबी

उता नेपाली कांग्रेसको पनि साथ पाएका राप्रपाका नेता दीपक बोहरा भने यसपटकको चुनावमा आफूले जित निकाल्ने दाबी गर्छन् । २०७० सालको संविधानसभा निर्वाचनमा यस क्षेत्रबाट विजयी भएका बोहरा यसपटक नेपाली कांग्रेसको साथ पाएपछि उत्साही छन् । 

उनले वामपन्थी गठवन्धन हौवा मात्र भएका कारण पनि वाम गठवन्धनका उम्मेदवारले जित्न नसक्ने तर्क गरेका छन् । 

बोहोराले भैरहवा आसपासको क्षेत्र आफूले देख्न लायक बनाएको दावी गर्छन् ।

‘२०३७ सालदेखि यो क्षेत्रको विकासका लागि निरन्तर खटिएको छु, यो क्षेत्रमा बनेका बाटो, पुल र सिंचाइका नहर मेरै योगदान हुन्’ बोहोराले दावी गरे । उनले वामपन्थी गठनबन्धनका कारण आफूले दवाव महसुश नगरेको दावी गरे । 
‘वामपन्थी गठबन्धन हौवा मात्र हो, फेरिपनि कांग्रेस पहिलो पार्टी बन्छ र लोकतान्त्रिक गठबन्धनको सरकार बन्छ हेर्दै जानुहोला’ बोहोराले दाबी गरे ।

salt training

कमेन्ट गर्नुहोस्