१२ साउन २०८३, मंगलबार
गभर्नर नियुक्तिको तयारी

गभर्नर सिफारिश समितिको बैठक आह्वान, आजै नियुक्त हुने सम्भावना

जेठ ६, २०८२
काठमाडौं
गभर्नर सिफारिश समितिको बैठक आह्वान, आजै नियुक्त हुने सम्भावना

लामो रस्साकस्सीपछि गभर्नर छनोट सिफारिश समितिको बैठक आह्वान भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलपछि अर्थमन्त्री विष्णु पौडेलले समितिको बैठक बोलाएका हुन् ।

अर्थमन्त्री पौडेल संयोजकत्वको समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य छन् ।

आजै बस्ने गरी बैठक आह्वान भएको अर्थमन्त्रालय स्रोतले लोकान्तरसँग पुष्टि गर्‍यो ।

ओली र देउवासहितको छलफलमै रहेका बेला अर्थमन्त्रीले सिफारिश समितिको बैठक बोलाएका हुन् ।

समितिले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेल,  डेपुटी गभर्नर नीलम ढुंगाना तिमिल्सिनासहित ३ जनाको नाम सिफारिश गर्ने सम्भावना छ ।

सिफारिश समितिको बैठकपछि आजै मन्त्रिपरिषद् बैठक समेत बस्ने सम्भावना छ ।

५ बजेका लागि मन्त्रिपरिषद् बैठक समेत शेड्युलमा रहेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो ।

salt training

कमेन्ट गर्नुहोस्