१० असार २०८३, बुधबार

त्रिभुवन विमानस्थलको अध्यागमनमा अख्तियारको छापा, केही कर्मचारी पक्राउ

जेठ ७, २०८२
काठमाडौं
त्रिभुवन विमानस्थलको अध्यागमनमा अख्तियारको छापा, केही कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा छापा मारेको छ । 

अख्तियार उच्च स्रोतले लोकान्तरलाई दिएको जानकारीअनुसार त्यहाँबाट कागजपत्र र केही कर्मचारीलाई नियन्त्रणमा समेत लिइएको छ ।

'अनियमितताको उजुरी परेपछि त्यहाँ छापा हानिएको हो,' स्रोतले भन्यो, 'कागजपत्र र केही कर्मचारीलाई ल्याएर बयान गराउने काम शुरू हुँदैछ ।'

त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयका सूचना अधिकारी अन्जन न्यौपानेले आफू बाहिर मिटिङमा रहेकाले केही थाहा नभएको प्रतिक्रिया दिए ।

'म बाहिर मिटिङमा थिएँ, मलाई यसबारे केही जानकारी छैन,' उनले लोकान्तरसँग भने ।

salt training

कमेन्ट गर्नुहोस्