०२ साउन २०८३, शनिबार

साताको अन्तिम कारोबारका दिन दोहोरो अंकले बढ्यो नेप्से

जेठ ८, २०८२
काठमाडौं
साताको अन्तिम कारोबारका दिन दोहोरो अंकले बढ्यो नेप्से

नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको छ । 

साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक १९.०४ अंकले बढेर २६८८.५५ को विन्दुमा कायम भएको हो । 

यसदिन बजारमा २ करोड २३ लाख ९६ हजार ३२९ कित्ता सेयरको खरिदबिक्री हुँदा ९ अर्ब ८२ करोड २० लाख ७० हजार रूपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिन बुधबार मात्रै परिसूचक ७.९४ अंकले घटेर २६६९.५१ को विन्दुमा बन्द भएको थियो । आज ओम मेघाश्री फार्मास्युटिकल्सको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।

कारोबारका आधारमा भने, न्याग्दी ग्रुप पावर ६९ करोड १ लाख ७२ हजार रूपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ । 

बिहिबार बजार पुँजीकरण ४४ खर्ब ७३ अर्ब रूपैयाँ बढी रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्