२५ असार २०८३, बिहीबार

कुनैपनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा नेतृत्वको संलग्नता छैन- गृह मन्त्रालय

जेठ १०, २०८२
काठमाडौं
कुनैपनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा नेतृत्वको संलग्नता छैन- गृह मन्त्रालय

गृह मन्त्रालयले कुनैपनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको बताएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर विभिन्न समाचार आएका भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको सहसचिव छवि रिजालले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

‘यस प्रकारका कपोलकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशित र प्रसारित भएकोप्रति मन्त्रालय दुःख व्यक्त गर्दछ । यस्ता कुनैपनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौं’, विज्ञप्तिमा भनिएको छ,  ‘साथै, विषयको गम्भीरतालाई मध्यनजर गरी सत्यतथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गरिदिनु हुन सबैमा अनुरोध गर्दछौं ।’

पछिल्लो समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको काम कारबाहीका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको हुँदा अनुसन्धान कार्य पूरा भएपछि सत्यतथ्य सबैको जानकारीमा आउने मन्त्रालयको भनाइ छ । 

‘आयोगबाट हुने छानबिन तथा अनुसन्धान सम्बन्धी कार्यमा मन्त्रालयको पूर्ण सहयोग रहने ब्यहोरा समेत जानकारीका लागि अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ । 


मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्नका लागि गृह प्रशासन निरन्तर क्रियाशील रहेको मन्त्रालयको भनाइ छ । 

मन्त्रालयले सबै प्रकारका अनियमितता र अपराधका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै गृह प्रशासनलाई व्यवस्थित गर्नका निम्ति नीतिगत तथा संस्थागत सुधारका कार्य समेत गर्दै आइरहेको सहसचिव रिजालले बताएका छन् ।  

null

salt training

कमेन्ट गर्नुहोस्