०२ साउन २०८३, शनिबार

अलिशा राईले किनिन् ओमोडा ई–फाइभ

जेठ ११, २०८२
काठमाडौं
अलिशा राईले किनिन् ओमोडा ई–फाइभ

चर्चित नायिका तथा उद्यमी अलिशा राईले ‘ओमोडा ई–फाइभ लक्जरी भेरियन्ट’ आफ्नो नयाँ गाडीको रूपमा रोजेकी छिन् ।

योसँगै उनले नेपाली बजारमा चर्चित मोडलमार्फत विद्युतीय गाडीको यात्रामा पाइला चालेकी छिन् ।

‘लुट २’ (२०१७) मा दमदार प्रस्तुति दिएर चर्चा कमाएकी अलिशा राई, राई भाषाको फिल्म बिनायोबाट पनि अत्यधिक रुचाइएकी छिन् ।

​ओमोडा ई–फाइभ, लक्जरी र डिलक्स गरी दुई भेरियन्टमा उपलब्ध छ । 

यस गाडीले एकपटक चार्ज गर्दा ४३० किमीसम्म यात्रा गर्न सक्छ (WLTP अनुसार), जसले शहर भित्रको यात्रा होस् वा लामो दूरी— दुवैका लागि भरपर्दो साथ दिन्छ ।

यो गाडीले ० देखि १०० किमी/घण्टा ९.२ सेकेन्डमा पुग्छ भने यसको अधिकतम गति १७२ किमी/घण्टा छ, जसले शक्तिशाली र स्मूथ ड्राइभिङ अनुभव दिन्छ।

आधुनिक प्रविधि, सुरक्षाका उन्नत विशेषताहरू र आकर्षक डिजाइनसहितको ओमोडा ई–फाइभ आजका स्मार्ट चालकहरूको रोजाइ बन्न थालेको छ, जसले अलिशा राईको जीवनशैलीसँग पूर्ण मेल खान्छ।

उनको रोजाइले नयाँ पुस्ताका सेलिब्रेटीहरूमा पनि दिगो जीवनशैली र प्रविधिमा लगानी गर्ने सोचको प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।​

ओमोडा जेइकोको नेपालका लागि आधिकारिक वितरक एसपिजि अटोमोबाइल्स ले इच्छुक ग्राहकहरूलाई नजिकको शोरूममा आएर टेस्ट ड्राइभ लिन अनुरोध गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्