०४ साउन २०८३, सोमबार

कुन मन्त्रालयले कति बजेट पाए ?

जेठ १५, २०८२
काठमाडौं
कुन मन्त्रालयले कति बजेट पाए ?

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गरेका छन् । 

बिहीबार संसद्को संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।

बजेट अन्तर्गत सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ खर्ब ११ अर्ब बजेट विनियोजन गरेको छ । 

त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ५७ अर्ब ४८ करोड, वन तथा वातावरण मन्त्रालयलाई १८ अर्ब ६१ करोड बजेट विनियोजन गरिएको छ । 

त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७६ करोड, युवा तथा खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ४ अर्ब २८ करोड बजेट विनियोजन गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्