११ साउन २०८३, सोमबार

कोशी–गण्डकी हुँदै कलकत्तासम्म जल यातायातका लागि सम्भाव्यता अध्ययन गरिने

जेठ १५, २०८२
काठमाडौं
कोशी–गण्डकी हुँदै कलकत्तासम्म जल यातायातका लागि सम्भाव्यता अध्ययन गरिने

सरकारले वैकल्पिक यातायात प्रणालीको विकास गर्ने लक्ष्यसहित कोशी र गण्डकी नदी मार्ग हुँदै भारतको कलकत्तासम्म जल यातायात सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यसबारे जानकारी दिएका हुन् ।

उनका अनुसार जल यातायातमार्फत् व्यापार तथा आवागमनलाई सहज, सस्तो र वातावरणमैत्री बनाउने उद्देश्यले अध्ययन अगाडि बढाइनेछ । 

भारतसँगको समन्वयमा अन्तरदेशीय जलमार्गको सम्भावना पहिचान गरी आवश्यक पूर्वाधारको विकास गरिने सरकारको योजना छ ।
 

salt training

कमेन्ट गर्नुहोस्