०५ साउन २०८३, मंगलबार

विपद्पछिको पुनर्निर्माणका लागि १८ अर्ब ५० करोड बजेट विनियोजन

जेठ १५, २०८२
काठमाडौं
विपद्पछिको पुनर्निर्माणका लागि १८ अर्ब ५० करोड बजेट विनियोजन
२०८० कार्तिक १७ को भूकम्पले क्षतिग्रस्त जाजरकोट सदरमुकाम । फाइल तस्वीर ।

सरकारले विपद्पछिको पुनर्निर्माणका लागि १८ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ । 

बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा भूकम्प र मनसुनजन्य विपद्‌बाट क्षति भएका निजी आवास, विद्यालय, सार्वजनिक पूर्वाधार, पुरातात्त्विक एवं सांस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि १८ अर्ब ५० करोड विनियोजन भएको जानकारी दिए । 

यसैगरी, उनले विपद्को पूर्वसूचना प्रणाली विकास गरी क्षति न्यूनीकरण गरिने उल्लेख गरे । विपद् व्यवस्थापन तथा प्रतिकार्यमा संलग्न हुने जनशक्तिको क्षमता विकास र सुरक्षित प्रविधिको अवलम्बनमा जोड दिइनेसमेत मन्त्री पौडेलले जानकारी दिए । 

‘प्राकृतिक प्रकोप, विपद् र दुर्घटनाबाट हुने क्षतिबाट सुरक्षा गर्न सम्पत्ति बीमाको दायरा विस्तार गरिनेछ’, उनले भने, ‘बीमा कम्पनीलाई ग्रामीणस्तरसम्म पहुँच विस्तार गर्न निर्देशित गरिनेछ । साइबर सुरक्षा बीमा सेवा सञ्चालन गरिनेछ । निक्षेप तथा कर्जा सुरक्षण कोषको सम्भावित जोखिम व्यवस्थापनका लागि पुनःबीमाको व्यवस्था मिलाइनेछ ।’

salt training

कमेन्ट गर्नुहोस्