१२ असार २०८३, शुक्रबार

एनसेलले शुरू गर्‍यो ‘लिग अफ क्रिएटर्स’ अभियान

जेठ १७, २०८२
काठमाडौं
एनसेलले शुरू गर्‍यो ‘लिग अफ क्रिएटर्स’ अभियान

एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा ‘लिग अफ क्रिएटर्स’ अभियानको शुरूआत गरेको घोषणा गरेको छ । यसले नेपालभरि फैलिएर रहेका प्रतिभाशाली डिजिटल सामग्री निर्माताहरूको पहिचान र सशक्तीकरण गर्ने लक्ष्य लिइएको छ ।

क्रियट, कम्पिट, कन्कर भन्ने उत्साहजनक नारासहित शुरू भएको यस अभियानको प्रतियोगिताले डिजिटल कन्टेन्ट क्रिएटर्स बन्न चाहनेहरूलाई ‘माइ नेटवर्क, माइ कनेक्टिभिटी’ भन्ने विषयवस्तुमा आधारित रही आफ्ना सामग्री प्रस्तुत गर्न प्लेटफर्म प्रदान गर्ने एनसेलले जनाएको छ । 

प्रतियोगितामार्फत् सहभागीहरूले आफ्नो पहिचान बनाउने मौका पाउनेछन् र साथै पुरस्कारका रूपमा एनसेलसँग १० लाख रुपैयाँ बराबरको एक वर्षको ब्रान्ड डिल जित्ने मौका पाउनेछन् ।

सहभागी प्रतियोगिहरूलाई सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फूडी नेपाल, पराक्रम राणा, एकता तण्डुकारजस्ता सम्बन्धित क्षेत्रका अग्रणी व्यक्तित्वहरू र चर्चित क्रिएटर्सहरूले मार्गदर्शन गर्नेछन् ।

‘यो केवल प्रतियोगिता मात्र होइन, यो एक सिर्जनात्मक विकास यात्रा हो । जसमा मेन्टरशिप, कार्यशालाहरू, वास्तविक अनुभव लिँदै सिक्ने मौका, चुनौतीपूर्ण चरण र रोमाञ्चक पुरस्कार रहेका छन् । यस अभियानमार्फत्, हामी नयाँ पुस्ताका हाम्रा नेपाली डिजिटल सामग्री निर्माताहरूलाई सिक्ने, अघि बढ्ने र प्रभावशाली सामग्रीमार्फत् परिवर्तन ल्याउन प्रेरणा दिदै सशक्त बनाउने प्लेटफर्म दिन चाहन्छौं । नेपालको डिजिटल इकोसिस्टमको हिस्सा भएका नाताले, हामी प्रतिभाको विकास र रूपान्तरणमा सक्रिय भूमिका खेल्न प्रतिबद्धता छौं’, एनसेलका मार्केटिङ कम्युनिकेसन तथा सस्टेनेबिलिटी निर्देशक पुनम सिंहले भनिन् ।

प्रतियोगिताका लागि शुक्रबार (जेठ १८, २०८२)बाट दर्ता खुला गरिएको छ । यो प्रतियोगितामा पहिला अनुभव भएका वा नभएका सबै १६ वर्ष माथिका नेपाली डिजिटल सामग्री निर्माता अर्थात् क्रिएटर्सले सहभागिता जनाउन सक्छन् । 

सहभागीहरूले आफ्नो नेटवर्क र कनेक्टिभिटीप्रतिको व्यक्तिगत वा भावनात्मक बुझाइ झल्किने ३० देखि ९० सेकेन्डको भर्टिकल भिडियो तयार गरी टिकटक र इन्स्टाग्राम दुवैमा पोष्ट गर्नु पर्दछ । यसरी पोष्ट गर्दा क्याप्सनमा एनसेललाई @Ncell ट्याग गर्दै तोकिएको आफ्नो मेन्टर जस्तै #TeamSanjog र #NcellLeagueOfCreators2025 ह्यासट्याग लेखिएको हुनुपर्दछ । भिडियो पोष्ट गर्ने अन्तिम म्याद यही जेठ २७ गतेसम्म छ ।

देशभरिबाट प्राप्त हुने भिडियोहरूबाट उत्कृष्ट ५० जना क्रिएटर्सलाई मेन्टरहरूले छान्नेछन्, जसले विशेष प्रशिक्षण र मेन्टरशिप प्राप्त गर्नेछन् । यसरी छानिने ५० जना क्रिएटर्स ५ जना मेन्टरको नेतृत्वमा रहने समूहमा विभाजन गरिनेछन् र प्रत्येक समूह एनसेल आइकनमा आयोजना हुने कार्यशालामा सहभागी हुनेछन् । 

यो अभियानमा च्यालेन्ज राउन्ड पनि समावेश रहेको छ, जसमा सहभागीहरूले आफूलाई प्रदान गरिएको सिर्जनात्मक ब्रिफिङ बमोजिम सामग्री तयार पार्नु पर्ने हुन्छ र विज्ञ निर्णायकहरू त्यसको मूल्यांकन गर्नेछन् ।

‘लिग अफ क्रिएटर्स’को ग्रान्ड फिनाले असार १४ मा आयोजना गरिनेछ र विजेताको घोषणा गरिनेछ । उत्कृष्ट प्रतिभाहरूलाई मनोरञ्जनात्मक  कार्यक्रममाझ सम्मान गरिनेछ । मुख्य विजेताले एनसेलसँग १० लाख रूपैयाँ बराबरको एक वर्षका लागि ब्रान्ड डिल प्राप्त गर्नेछन् । यस्तै, नेपालका शीर्ष क्रिएटर्सहरूसँग विशेष प्रशिक्षण, देशव्यापी पहिचान र नेटवर्किङका अवसर यस प्रतियोगिताका थप आकर्षण रहेका एनसेलले जनाएको छ । 

साथै, एनसेल र अमेरिकी दूतावासका सम्बन्धित प्रतिनिधिहरूले सहभागी क्रिएटर्सहरूको सामग्रीको मूल्यांकन गर्नेछन् । यस प्रतियोगितामा सहभागी हुन कुनै शुल्क लाग्दैन । सहभागीहरू अभियान अवधिभर नेपालमै हुनु आवश्यक छ । यस प्रतियोगितामा सहभागी हुन र अन्य थप जानकारीका लागि यो लिंकमा जान सकिने कम्पनीले जनाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्